ग्रिनफिल्डको शानदार सफलता! BLE मा प्रथम, SEE मा १००% नतिजा, नगरपालिकाबाट सम्मानित
ग्रिनफिल्ड नेसनल सेकेण्डरी स्कूलले शैक्षिक वर्ष २०८२ को बी.एल.ई. परीक्षामा नगरमै प्रथम स्थान तथा एस.ई.ई.मा शतप्रतिशत नतिजा हासिल गरेपछि नागार्जुन नगरपालिकाबाट विशेष सम्मान प्राप्त गरेको छ। विद्यालयकी छात्रा प्रशंसा पाठकले ४.० जी.पी.ए. ल्याएर विद्यालयको गौरव अझ उँचो बनाएकी छन्।