School Notices Notice
बडा दसैँ तथा तिहार पर्वको सार्वजनिक बिदाको सूचना
📅 October 19, 2026
✍️ Chintamani Giri
आदरणीय अभिभावकज्यू, प्यारा विद्यार्थी भाइबहिनीहरू तथा शिक्षक/कर्मचारी साथीहरू,
सर्वप्रथम, बडा दसैँ, दीपावली तथा छठ पर्व २०८३ को अवसरमा विद्यालय परिवार तर्फबाट यहाँहरू सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!
यस ग्रीनफिल्ड नेशनल स्कुलबाट सूचित गरिन्छ कि, आउँदै गरेको महान पर्व बडा दसैँको अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निम्नानुसार बिदा दिइएको छ:
- बिदाको अवधि: आजदेखि कार्तिक ८ गतेसम्म विद्यालय बन्द रहनेछ।
- विद्यालय पुन: सञ्चालन: आगामी कार्तिक ९ गते, शुक्रबार देखि पूर्ववत् समय नियमित पठनपाठन तथा विद्यालयका सबै गतिविधिहरू सुचारु हुनेछन्।
विभिन्न पर्वहरूले आपसी सद्भाव र एकतालाई अझ प्रगाढ बनाओन् भन्ने कामना गर्दछौं।
धन्यवाद।
प्रशासन शाखाग्रीनफिल्ड नेशनल स्कुलबाफल-४, नागार्जुनसम्पर्क नं: ९८६७१९३८४८